
निरला अर्याल
तुलसीपुर । तीजलाई भड्किलो नबनाउन तथा संस्कृतिको नाममा विकृति फैलाउन नहुने एक कार्यक्रमका सहभागीले बताएका छन् ।
नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघले शनिबार तुलसीपुरमा आयोजना गरेको तीज मिलन कार्यक्रममा बोल्ने सहभागीहरुले यस्तो बताएका हुन् ।
उनीहरूले दाजुभाइ तथा दिदीबहिनीको पारिवारिक सदभाव र माया प्रेम आदानप्रदान गर्ने तीज पर्वलाई विकृतिको रूपमा नलिन आग्रह गरे ।
नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ तुलसीपुर नगर कमिटी का अध्यक्ष होताराम आचार्यको अध्यक्षमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल राष्ट्रिय महासंघका केन्द्रीय सदस्य टोप बहादुर घर्तिले एक आपसमा सुमधुर समबन्ध कायम गर्न, महिला हरुलाई घरमा मात्र सीमित नभएर राजनीतिक आर्थिक क्षेत्रमा पनि सहभागिता गराउनु पर्ने मा जोड दिए ।
त्यस्तै कार्यक्रममा नेकपा एमाले दाङका अध्यक्ष हुकुम बस्नेतले तीजको अवसरमा महिला दीदी बहिनीहरूलाई रिफ्रेश हुने अवसरको रूपमा लिने बताए ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले धर्म संस्कृतिको नाममा चाडपर्वहरू हराउँदै गएको बताए । त्यस अवसरमा नेतृ रित शर्मा , अनेमसंघका जिल्ला सचिव युवा करारा लगाएतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
महासंघका नगर सचिव सपना बस्नेतको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण महासचिव तुफान बाबु श्रेष्ठले गरेका थिए ।


तपाईको प्रतिक्रिया