बन्दकाे निहुँमा चालक र सहचालकले आफै टिप्परमा आगाे लगाएकाे खुलासा

दाङ । नेपाल बन्दकाे माैका छाेपेर चालक र सहचालकले नै टिप्परमा आगजनि गरेकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

 

चालक राप्ती गाउँपालिका-८ पिपरी निवासी ३२ बर्षिय अरुण चाैधरी र सह-चालक गढवा गाउँपालिका-७ चन्दनपुर निवासी १७ बर्षिय आकाश चाैधरीले आफैले टिप्परमा आगाे लगाएको खुलेकाे जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गाैतमले बताए ।`बन्दकाे माैका छाेपेर लाभ उठाउनेगरी आफै आगजनि गरेकाे खुल्याे´उनले भने-`बिमा दावि गर्न आफैले आगाे लगाए ।´

घटना संकास्पद भएपछी प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेकाे थियाे । घोराही-लमही सडक खण्डको बबई पुल नजिकै रा १ ख १६९४ नम्बरको टिप्परमा भएको आगजनी संकास्पद भएपछि प्रहरीले दुबैजनलाई नियन्त्रणमा लिएको थियाे ।

दुई दिनसम्म गोग्लीको ग्यारेजमा राखिएको टिप्पर बिहानै आगजनी भएको खबर पाएपछि प्रहरीले अनुसन्धान सुरु गरेकाे थियाे । टिप्पर चालकले पाँच-छ जनाकाे समुहमा आएका बन्दकर्ताले आगजनि गरेकाे बताएका थिए ।

यता नेकपा माओवादी दाङका  जिल्ला सेक्रेटरी प्रदिप वलिले टिप्पर आगजनिमा आफुहरुकाे संलग्नता नरहेकाे बताए ।`बिहान ५ बजेबाट, बेलुका ५ बजे सम्म बन्द भनेका छाैं । त्याे घटना पाँच बजे अघिकाे देखिन्छ´उनले भने-`आगजनिमा उत्रिने भन्ने नीति छैन ।´

तपाईको प्रतिक्रिया