
आलोक भावुक
गढवा । गढवा स्वास्थ्य चौकीमा निःशुल्क भिडियो एक्सरे (अल्ट्रासाउनन्ड) सेवा सुरु भएको छ । यो सेवा सुरु भएपछी गढवा गाउँपालिका बासीलाई लमही घोराही लगाएतको ठाउँमा गर्भवती महिलाको भिडियो एक्सरे गर्न जानु पर्ने समस्याबाट मुक्ति मिल्ने भएको छ ।
गाउँपालिकाद्वारा भित्रका सबै गर्भवती जाँच गर्न ग्रामिण भिडियो एक्सरे मेसिन हस्तान्तरण गरेको हो । मंगलवार गढवा स्वास्थ्य चौकी सञ्चालक तथा ब्यवस्थापन समितिका अध्यक्ष बिरबहादुर आले मगरको अध्यक्षता तथा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारुको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिकाका प्रमुख यमनरायण शर्मा पोख्रेलको बिशिस्ट आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा डिजिटल भिडियो एक्सरे मेसिन लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्री इन्द्रजित थारुले उद्घाटन गरेका हुन् ।

गाउँमा नै गर्भ जाँच गर्न भिडियो एक्सरे सेवा सुरु भएपछी स्थानीयलाई गर्भवती तथा नवजात शिशुहरुको स्वास्थ्य अवस्था बुझ्न चर्को मुल्यमा अन्यत्र जानु पर्ने बाध्यताबाट छुटकारा मिलेको छ।
गढवा गाउँपालिका वडा नं. ६ मा मातृ, गर्भवती तथा नवजात शिशुहरुको लागि ग्रामिण भिडियो एक्सरे मेसिनको उद्घाटन गरिएको हो । साथै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री थारुले गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेललाई भिडियो एक्सरे तथा डिजिटल एक्सरे मेसिन हस्तान्तण गरेका हुन् ।

गाउँमै भिडियो एक्सरे तथा डिजिटल एक्सरे मेसिन उपलब्ध भएपछि महँगो खर्च तिरेर लमही, घोराही, बुटवल जानु पर्ने बाध्यता अव विस्तारै हटने विश्वास गढवा गाउँपालिकाले लिएको छ ।
गढवा गाउँपालिकाको समन्वय तथा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री थारुको विशेष सहयोगमा गढवा गाउँपालिकालाई तिन वटा भिडियो एक्सरे मेसिन प्राप्त भएको छ। तिन वटा भिडियो एक्सरे मेसिन मध्ये गढवा, गंगाप्रसपुर र गोबरडिया स्वास्थ्य चौकीलाई एक एक थान भिडियो एक्सरेमेसिन हस्तान्तरण भएको छ।
उद्घाटन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री थारुले ग्रामीण क्षेत्रका अधिकांश गर्भवतीहरुलाई गर्भाअवस्थाको ९ महिनासम्म पनि आफ्नो पेटमा बच्चा कस्तो अवस्थामा छ भनेर महिलाहरुलाई थाहा नभएकै कारण अधिकाशं बच्चा र आमाले ज्यान गुमाउनु परेकोले ग्रामीण क्षेत्रमा हुने नवजात शिशुको मृत्युदर र गर्वभती आमाको मृत्युदर घटाउन भिडियो एक्सरे मेसीनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ बताए ।
त्यसैगरी गढवा स्वास्थ्य चौकीलाई डिजिटल एक्सरे मेसिन पनि स्वास्थ्य मन्त्री चौधरीले हस्तान्तरण गरेका छन् ।
डिजिटल भिडियो एक्सरे मेसिनको प्रयोगले ग्रामीण क्षेत्रका महिलाहरुले आफनो अवस्था थाहा नपाएर अकालमा ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य हुने गढवा स्वास्थ्य चौकी गढवामा कार्यरत अनमी मञ्जु श्रेष्ठले बताइन् । आफूले भिडियो एक्सरे मेसीन प्राप्त गरिसकेपछि समयकै गर्भवती महीलाको स्वास्थ्य अवस्था पत्ता लगाएर रिफर गरेर आमा र बच्चाको ज्यान बचाउन सहयोग पुग्ने उनको भनाई छ ।

उद्घाटन कार्यक्रममा गढवा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लाल बहादुर योगी, वडा नम्बर ( ५का अध्यक्ष लेखराज थापा, वडा नम्बर ( ४ का अध्यक्ष हरिभगत चौधरी, ६ नम्बर वडा सदस्य मानु कुमाल, गढवा गाउँपालिकाका योजना शाखा प्रमुख कुलराज कुमाल, स्वास्थ्य शाखा उपप्रमुख द्रोपदा सुबेदी, गढवा स्वास्थ्य चौकीका डाक्टर केदार अधिकारी, खुमानन्द पोख्रेल, शिव हमाल, कोईलाबास स्वास्थ्य चौकीका प्रमुख कृष्ण प्रसाद आचार्य, गोबरडिहा स्वास्थ्य चौकीका प्रमुख ज्ञान कुमार बसेल, महिला स्वयं सेविका सकुन्तला डिसी, प्रभा यादव, दयाराम यादव, एकीकृत समाजवादीका राम प्रसाद गैरे, महिला स्वयं सेविकाहरुको उपस्थिति रहेको थियो। उषा पाण्डे, सिबित्रा घिमिरे, सुमित्रा चौधरी, बिष्णु घर्ती, सुनिता घर्ती, बसन्ता खनाल, कालीदेवी कुमाल, सिता चौधरी, छायाँ सिंह ठकुरी लगायतकाको उपस्थिति रहेको थियो।


तपाईको प्रतिक्रिया