राष्ट्रिय स्वतन्त्र पार्टी राप्ती गाउँपालिकाको भेला सम्पन्न

भालुवाङ । राष्ट्रिय स्वतन्त्र पार्टी दाङ्ग जिल्ला अन्तर्गत राप्ती गाउँपालिका तदर्थ समिती गठन गरिएको छ ।

 

दाङ जिल्ला सभापती ओपेन्द्र दाहालको सभापतित्व र प्रदेश सदस्य देबराज पाठक को प्रमुख आतिथ्यतामा भएको भेलाले ११ सदस्यीय तदर्थ समिति चयन गरेको हो ।

जसको सभापति द्रोण बहादुर जि.सि, उप-सभापति शुभास भुसाल र सचिवमा बसन्ता कुमाल चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा नबाब खान, प्रमानन्द पोख्रेल , बिष्णु गिरि, वीर बहादुर दमाई , ऋषि राम शर्मा , राम प्रसाद चौधरी , ओमबहादुर कार्की, नेत्र बहादुर खड्का चयन हुनुभएको पालिका उपसभापती शुभास भुसालले जानकारी दिए ।

भेलामा जिल्ला उप-सभापति शिला कुमारी के.सि, जेष्ठ नागरिक शोभाखर भुसाल, युवा सदस्य सन्दिप शर्मा लगायत ले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि देबराज पाठकले पार्टीले देशभर आक्रामक रुपमा संगठन विस्तार गरिरहेको कुरा जानकारी गराउनुका साथै देशभरी ब्याप्त भ्रष्टाचार , विभिन्न छेत्र मा भयेको बेथिती को अन्त्यका लागि जनताले सचेतना पुर्वक आ-आफ्नो ठाउँंबाट भुमिका खेल्नुपर्ने बेला आएको कुरा बताए ।

कार्यक्रमको सहजीकण जिल्ला सचिब किसन ओलीलेे गरेका थिए ।

तपाईको प्रतिक्रिया