
जगत खनाल
भालुवाङ । अखिल नेपाल शिक्षक संघ राप्ती गाउँपालिका समितिको आयोजनामा राप्ती गाउँपालिकामा गुणस्तरीय शिक्षाको लागि सरोकारवालाको भूमिका बिषयमा वृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
संघका राप्ती गाउँपालिका अध्यक्ष रामकृष्ण पौडेलको अध्यक्षता र राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राप्ती गाउँपालिका अन्र्तगत रहेका सामुदायिक तथा संस्थागत विद्यालयका अध्यक्ष र प्रधानाध्यापकहरु, वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरु, अभिभावक, सामाजिक र शैक्षिक व्यक्तित्वहरु लगायतको उपस्थिति रहेको थियो ।
अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै अध्यक्ष विष्टले गुणस्तरीय शिक्षाको लागि विद्यार्थि, शिक्षक र अभिभावक विच त्रिकोणत्मक सम्बन्ध हुनु पर्ने बताए । कक्षा १० सम्म निःशुल्क शिक्षाको व्यवस्था नेपालको संविधानमै उल्लेख भएको र सबै राजनैतिक दलहरुको समेत निःशुल्क शिक्षाको नारा रहेकोले हामीले कार्यान्वयन मात्रै गरेको अध्यक्ष बिष्टको भनाइ रहेको थियो ।
कार्यक्रममा वोल्दै अध्यक्ष बिष्टले पालिकाको पवित्र उद्देश पूरा गर्नको लागि सबै पक्षबाट सहयोगको अपेक्षा समेत गरेका थिए । । राप्ती गाउँपालिकामा गुणस्तरीय शिक्षा दिन सम्भव छ । त्यसको लागि हातेमालो गरेर अगाडि बढनु पर्नेमा अध्यक्ष बिष्टले जोड दिए ।
राप्ती गाउँपालिकामा गुणस्तरीय शिक्षाको लागि सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा अखिल नेपाल शिक्षक संघ दाङका सल्लाहकार एवं मा.वि. मौरीघाटका शिक्षक केशवराज आचार्यले राप्ती गाउँपालिकामा गुणस्तरीय शिक्षाको लागि सरोकारवालाहरुको भूमिका विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । भने अखिल नेपाल शिक्षक संघका लुम्बिनी प्रदेश सल्लाहकार डिलाराम पौडेलले राप्ती गाउँपलिकामा निःशुल्क शिक्षा कार्यान्वयन ,सम्भावना र चुनौती विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्रस्तुत कार्यपत्रहरुमाथि पद्मोदय पब्लिक नमूना मा.वि. भरतपुर दाङका प्रधानाध्यापक रामप्रसाद जैंशी र मा.वि.जजरागाउँ दाङका प्रधानाध्यापक विप्लव अधिकारी, नेपाल शिक्षक महासंघ राप्तीका अध्यक्ष कुलराज जैंशी र पूर्व शिक्षक एवं बुद्धिजीवी भरतमणि न्यौपानेले टिप्पणी गरेका थिए ।

अखिल नेपाल शिक्षक संघ लुम्बिनी प्रदेश अध्यक्ष लालबहादुर भण्डारी ,नेपाल शिक्षक महासंघका उप महासचिव तारा वेल्वासे, राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य ,राप्ती गाउँपालिकाका शिक्षा शाखा प्रमुख विश्वास विक, राप्ती गाउँपालिका ४ नं. वडा अध्यक्ष वीरबहादुर चौधरी, वडा नं. ३ का अध्यक्ष उमेश अधिकारी, राप्ती गाउँपालिकाका पूर्व अध्यक्ष नुमानन्द सुवेदी, राष्ट्रिय जनमोर्चाका राप्ती गाउँपालिकाका अध्यक्ष केशवराज खनाल, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि हरि भुसाल, नेकपा एमाले राप्तीका अध्यक्ष मदन अधिकारी र नेकपा माओवादी केन्द्र राप्तीका अध्यक्ष श्यामेश चौधरीले गुणस्तरीय शिक्षाको लागि आवश्यक पर्ने सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
राप्ती गाउँपालिकाको सभा हलमा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुलाई अखिल नेपाल शिक्षक संघ राप्तीका सचिव माधव वेल्वासेले स्वागत मनतव्यबाट सुरु भएको सहजिकरण उपाध्यक्ष विष्णु पोख्रेलले गरेका थिए ।

तपाईको प्रतिक्रिया