
दाङ । दाङमा बसले मोटरसाइकललाई ठक्कर दिदा २ जना गम्भीर घाइते भएका छन् ।
लमहीबाट गोवरडिहा जादै गरेको भे १ ख २८७९ नम्बरको बसले गढवाबाट लमही आउदै गरेको रा ७ प ३९२३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
मोटरसाइकलमा सवार श्रीमान श्रीमती घाइते भएका हुन् । राप्ती गाउँपालिका ३ निवासी १९ वर्षिय गेहेन्द्र गुप्ता र उनकी १९ वर्षिया श्रीमती बिन्दु गुप्ता गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घाइते श्रीमान श्रीमतीलाई लमही अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारको लागि भैरहवा रेफर गरिएको छ ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया