संविधान जोगाउन पाँच दलीय गठबन्धन : मन्त्री चौधरी

दाङ । सहरी विकासमन्त्री मेटमणि चौधरीले संविधान जोगाउनका लागि आगामी मंसिर ४ मा हुने संघ र प्रदेशको  निर्वाचनमा पनि पाँच दलीय गठबन्धन आवश्यक रहेको बताएका छन्।

 

दलित सचेतना अभियान दाङको १३ औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनको शनिबार लमहीमा उद्घाटन गर्दै मन्त्री चौधरीले तत्कालीन नेकपाबाट प्रधानमन्त्री भएका केपी ओलीले दुई-दुई पटक प्रतिनिधि सभा विघटन गरी समावेशी लोकतन्त्र समाप्त पार्न खोजेपछि त्यसलाई परास्त गर्न पाँच दलीय गठबन्धन गर्नु परेको बताए।

उनले मंसिरमा हुने निर्वाचनमा केपी ओली नेतृत्वको नेकपा एमालेलाई जिताए संविधान र लोकतन्त्र खतरामा पर्ने भन्दै पाँच दलीय गठबन्धनलाई जिताउन सबैलाई आग्रह गरे।

चौधरीले दलितका अधिकार स्थापित र सुनिश्चित गर्न आफू सधैं कटिबद्ध रहेको बताउदै दलित शब्द नै दलितका लागि अभिसाप भएकाले यसलाई कानुनी प्रक्रिया मार्फत् खारेज गर्नुपर्ने बताए।

तपाईको प्रतिक्रिया