रुकुम पूर्वमा प्रहरीको गाडी दुर्घटनाः एक प्रहरी जवानको मृत्यु, गम्भीर घाइतेलाई कोहलपुर लगियो

 

 

रुकुम पूर्व । शनिबार बिहान रुकुम पूर्वमा नेपाल प्रहरीको गाडी पल्टिँदा दुई प्रहरी नायब उपरीक्षकसहित पाँचजना घाइते भएका छन् भने दुर्घटनामा एक प्रहरी जवानको मृत्यु भएको छ।

पुथा उत्तरगंगा नगरपालिका–११ सेरामाथिको सडकमा भएको दुर्घटनामा गम्भीर घाइते भएका प्रहरी जवानको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा प्रहरी जवान लक्ष्मण पुन रहेका छन्। यस्तै दुर्घटनामा परी घाइते भएका सशस्त्रका डिएसपी र दुई जना जवानलाई नेपाली सेनाको हेलिकप्टरमार्फत् उपचारका लागि कोहलपुर लगिएको छ।

सशस्त्र प्रहरी बलका रुकुम पूर्व प्रमुख नायब उपरीक्षक रविन श्रेष्ठसहित गम्भिर घाइते अवस्थामा रहेका प्रहरी हवल्दार कुमार डाँगी र प्रहरी जवान सन्तोष बुढालाई हेलिकप्टरमार्फत् उपचारको लागि कोहलपुर लगिएको हो।

यस्तै गम्भीर रहेका जिल्ला प्रहरी कार्यालय रुकुम रुकुमपूर्वका डिएसपी प्रकाश डाँगी र अन्य दुई जना घाईतेलाई हेलिकप्टर पुनः आएर उपचारका लागि लगिने बताइएको छ।

रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारका अनुसार लु १ झ ६६० नम्बरको जीप सडकबाट करिब ८० मिटर तल खसेर दुर्घटना भएको हो ।

सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगङ्गा गाउँपालिकाको तकसेरा जाने क्रममा प्रहरीको गाडी पुथा उत्तरगङ्गा गाउँपालिका–११ तल्लो सेरामा दुर्घटनामा परेको हो ।

तपाईको प्रतिक्रिया