सवै युवा मिलेर राप्ती गाउँपालिकालाई नमुना पालिका बनाउनु पर्छः अध्यक्ष विष्ट

 

 

 

जगत खनाल

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सवै युवा मिलेर राप्ती गाउँपालिकालाई देशकै नमुना गाउँपालिका बनाउनु पर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसको अबसरमा आयोजित वृक्षारोपण कार्यक्रमको समापन गर्दै अध्यक्ष विष्टले राप्ती गाउँपालिकालाई देशकै नमुना गाउँपालिका बनाउनु पर्नेमा जोड दिएका छन् ।

युवाहरु अब विदेश गएर होइन आफ्नै देशमा बसेर आफुले जानेको सिप प्रयोग गरेर देशको विकास गर्नु पर्नेमा जोड दिदै अध्यक्ष विष्टले सम्पूर्ण युवाहरुलाई स्वदेशमै काम गर्न आग्रहसमेत गरेका छन् ।

‘युवा भनेको वायु हो, युवा शक्तिले चाहेमा जस्तो सुकै परिवर्तन गर्न सकिन्छ ।” अध्यक्ष विष्टले भने ‘त्यसैले राप्ती गाउँपालिकाका सवै युवाहरूलाई समाबेश गरि नमुना गाउँपालिका वनाउनु पर्छ ।”

अन्तरपुस्ताको एक्यवद्धताः सबै उमेर समूह मैत्री विश्व निर्माणमा साझा प्रतिबद्धता भन्ने मुल नाराका साथ वृक्षारोपण गरि अन्तर्राष्ट्रिय युवा दिवस मनाएको हो ।

राप्ती गाउँपालिका वडा नम्बर ५ र ८ को सिमानामा पर्ने डोलइ खोलाको किनारमा गरिएको उक्त वृक्षारोपण कार्यक्रममा ५० भन्दा बढी युवाहरुको उपस्तिथि रहेको थियो ।

तपाईको प्रतिक्रिया