करेन्ट लागेर दाङमा एकको मृत्यु

 

 

दाङ । दाङमा करेन्ट लागेर एकको युवाको मृत्यु भएको छ ।

दङ्गीशरण गाउँपालिका ६ श्रीगाउँमा करेन्ट लागेर गोरखा आरुघाट गाउँपालिका ४ का २६ वर्षिय कृष्णबहादुर विकको मृत्यु भएको हो । मार्वल लगाउने क्रममा उनलाई करेन्ट लागेको थियो ।

बागरस्थित प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवनमा मार्वलको काम गर्ने क्रममा करेन्ट लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

करेन्ट लागेर घाइते भएका विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । विकको शवलाई राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।

 

 

तपाईको प्रतिक्रिया