लालमटियामा पौष २५ देखि माघ ११ गतेसम्म सञ्चालन हुने महोत्सवको सम्पूर्ण तयारी पुरा, पौष २५ गते उद्घाटन

 

 

देउखुरी । राप्ती उद्योग वाणिज्य संघ भालुवाङले आयोजन गर्न लागेको महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । संघले लालमटियाको टुडिखेलमा ‘सातौं राप्ती–लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव २०८२’ सञ्चालन गर्न लागेको छ ।

‘‘कृषि, पर्यटन तथा कला संस्कृतिको पहिचान, सातौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारीक, पर्यटन तथा कृषि महोत्सव २०८२ को सान’’ भन्ने मुल नाराका साथ महोत्सव सञ्चालन हुन लागेको महोत्सवको सम्पूर्ण तयारी पुरा भएको मुल आयोजक समितिका संयोजक तथा राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्काले जानकारी दिएका छन् । संयोजक खड्काले भने ‘राप्ती उद्योग वाणिज्य संघ भालुवाङको आयोजनामा यहि पुष २५ गतेदेखि माघ ११ गतेसम्म लालमटियामा संचालन हुने महोत्सव सम्पूर्ण तयारी पुरा भएको छ ।’

संघका वरिष्ठ उपाध्यक्ष तथा मञ्च व्यवस्थापन उपसमितिका संयोजक बसन्त गिरीका अनुसार पुष २५ गते ११ बजे हुने महोत्सव उद्घाटन समारोहका लागि मञ्च व्यवस्थापन तथा निर्माणको काम सम्पन्न भएको जानकारी दिए ।

महोत्सवमा विभिन्न १ सय ५० बढी स्टलहरु राखिने छ भने करीब एक लाख २० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने अनुमान गरिएको छ । संघका सचिव तथा महोत्सव स्टल तथा कृषि उपसमितिको संयोजक मोहन आचार्यका अनुसार १ सय ५० बढी स्टलहरु तयार पार्नुका साथै महोत्सवमा पर्यटन तथा कृषिका लागि २० वटा स्टल निःशुल्क रुपमा छुट्टाइएको छ । १ करोड बराबरको कारोवार हुने अनुमान रहेको रहेको छ भने स्थानीय उत्पादीत वस्तुहरुको बजारीकरण गर्नुको साथै उत्पादनमा बृद्धि गरी आर्थिक पक्ष सवल गराउने महोत्सवको उदेश्य रहेको छ ।

महोत्सवले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकका भित्र रहेका अपार सम्भावना रहेका र अवसरको खोजी रहेका पर्यटकीय क्षेत्रको विकास र प्रवद्धना थप टेवा पुग्ने आयोजको दावी रहेको छ । संघका महासचिव तथा झाँकी व्यवस्थापन उपसमितिका संयोजक बासुदेव न्यौपानेले राजधानी क्षेत्र भित्र रहेका पर्यटकिय क्षेत्रलाई अगाडी बढाउन महोत्सवको मुख्य भुमिका रहेन बताए । न्यौपानेले भने ‘यस क्षेत्र भित्र रहेका पर्यटकीय क्षेत्रको पहिचान झल्काउने एउटा छुट्टै स्टल रहनेछ रहनुको साथै महोत्सवमा यस क्षेत्रको पर्यटन तथा कृषि समेतको विकास र विस्तार गर्नका लागि स्थानीय स्तरमा उत्पादित कृषि, हस्तकला प्रर्दशनी, विभिन्न जातजातिको झाँकी प्रर्दशन रहने छ ।’

महोत्सवको उद्घाटनका दिन निकालिने साँस्कृतिक झाँकीमा प्रथम, द्धितिय र तृतिय हुने झाँकीहरुलाई क्रमस १० हजार, ७ हजार र ५ हजार पुरस्कार प्रदान गरीनुको साथै झाँकीमा सहभागी सवै समुहलाई सान्त्वना स्वरुप ३–३ हजार नगद प्रदान गरीने छ ।

महोत्सव अवधिभर चर्के पिङ, बाल उद्यान, लगायतका मनोरञ्जन रहनेछन् । महोत्सव अवधीभर ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको प्रस्तुती समेत हुने छ । महोत्सव अवधीभर प्रवेश शुल्क प्रति व्यक्ति १०० रुपैया, विद्यार्थीका लागि ८० रुपैयाँ र जेष्ठ नागरिक तथा अपाङगतालाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएका छन् ।

संघका अध्यक्ष सुरज खड्का संयोजक रहने गरी मुल आयोजक समिति गठनगरी महोत्सवलाई भव्य तथा सभ्य बनाउन विभिन्न उपसमितिहरु समेत गठन गरी महोत्सवको तयारी भइरहेको संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया