देउखुरी। दाङको लमही भालुवाङ सडक खण्डको गोपीनालामा मंगलबार दिउँसो सञ्चारकर्मी सन्तोष गुप्ता स्कुटर दुर्घटनामा परे । तिर्व गतीका कारण उनी दुर्घटानामा भने परेका होइनन् ।

उनी गोपीनालामा परेको ठुलो खाडलमा स्कुटर परेर अनियन्त्रित भई दुर्घटनामा परेका हुन् । गुप्ताको अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । उनको दायाँ हातको हड्डी चर्किएको छ ।
उक्त स्थानमा अहिले धेरै दुर्घटना हुने गरेको छ । पुलको जोइनिङ भागमा परेको खाडल बचाउन खोज्दा केही महिना अगाडी सोही नालामा तेल बोकेको ट्रकखसेको थियो ।
स्थानिय सुरेश चौधरीका अनुसार बुधबार बिहान मात्र दुई वटा मोटरसाइकल र एक स्कुटर दुर्घटनामा परेका थिए । तर उनीहरुलाई सामान्य चोटपटक मात्र लागेको चौधरीले बताए ।
सडकमा परेको खाडल बनाउन सडक डिभिजन कार्यालय दाङले साउन १ गते पुलको जोइनिङ भागमा डोजर लगाएर झन ठुलो खाडल बनायो । चौधरी भन्नछन`डोजर आएर खन्यो त्यसपछि कोही पनि आएका छैनन ।´ सडक भत्काउने तर बनाउन कोही नआउने गर्दा दुर्घटना बढेको हो ।
दुर्घटनाका घटना धेरै बढेपछि राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बुधबार गोपीनालाको स्थगल निरिक्षण गरेका छन् । पुल निरिक्षण पछि अध्यक्ष विष्टले सडक डिभिजन कार्यालय दाङका इन्जिनियर महेश विकलाई भत्किएको पुल यथाशीघ्र मर्मत गरि संचालन गर्न निर्देशन दिएका छन् ।
अध्यक्षको निर्देशनमा इन्जिनियर विकले पानी पर्न रोकिएमा आजै देखि नभए भोलि देखि मर्मतको काम सुरू हुने बताएका छन् ।
अध्यक्ष विष्टको निरिक्षण पछि अहिले गोपीनालामा रातो रिवन र झण्डाको सांकेतिक राखिएको छ । जसका कारण दुर्घटना कम त होला तर यस विषयमा दिर्घकालीन रुपमा साच्नु पर्ने अवस्था सृजना भएका छ ।

तपाईको प्रतिक्रिया