ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जना घाइते

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सवारी दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

 

तिलोत्तमाको ड्राईभरटोल चोकमा बुटवलबाट भैरहवा तर्फ जादै गरेको ना ६ ख ४००० नम्वरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको लु १५ प ९४८२ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा २ जना घाइते भएक छन् ।

दुर्घटनामा मोटरसाईकलका चालक गैडहवा गाउँपालिका–६ का २१ वर्षीय दिपेन्द्र हरिजन र मोटरसाइकलको पछाडि सवार सियारी गाउँपालिका–२ का ३० वर्षीय मनोज हरिजन घाइते भएको प्रहरी जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया