
भालुवाङ । लालमटियामा बिषालु सर्पको टोकाईबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नं २ लालमटिया बस्ने ६८ वर्षीया सुमित्रा कुमाल रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । मंगलवार बिहान आफ्नै बारीमा तरकारी टिप्ने क्रममा खुट्टाको कान्छी औलामा सर्पले डसेको थियो ।
सर्पले डसेको थाहा पाउना साथ उपचारका लागि गढवा सर्पदंश उपचार केन्द्र लगिएपनि आमालाई बचाउन नसकिएको साइलो छोरा शंखर कुमालले बताए ।
त्यसैगरी सर्पको टोकाईबाट घोराही उपमहानगरपालिका १३ वनगाउँ बस्ने प्रदिप बुढामगर घाइते भएका छन । मगरलाई दिउँसो ३ बजे बाटोमा हिड्ने क्रममा सर्पले डसेको प्रहरीले बताएको छ । घाइते मगरको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया