भालुवाङ स्थित सामुदायिक वनमा एक पुरूषको शव फेला

 

 

दाङ । दाङमा सामुदायिक वनकाे जंगलमा एक जना पुरुष व्यक्तिकाे शव फेला परेकाे छ ।

राप्ती गाउँपालिका-१ भालुवाङ स्थित राप्ती सामुदायिक वनमा वडा नम्बर ८ पिपरी निवासी ४५ वर्षिय दलबहादुर चौधरीकाे शव फेला परेकाे इलाका प्रहरी कार्यालय भालुबाङ्गले जनाएको छ ।

च्याउ खोज्न जंगल गएका महिलाहरूले मंगलबार विहान जंगलमा शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरिक्षक सुजनविक्रम शाहले जानकारी दिएका छन् ।

शव पाेष्टमार्टमकाे लागि लमही अस्पतालमा राखिएको छ ।

तपाईको प्रतिक्रिया