देउखुरी । सिसहनियाँ उद्योग वाणिज्य संघको अध्यक्षमा ईश्वरीप्रसाद अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

आज भएको मनोनयन दर्ताको अन्तिम समयसम्म अध्यक्ष पदका एकल उम्मेदवारी परेपछि अधिकारी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक विनोद कुमार गुप्ताले जानकारी दिएका छन् । अध्यक्ष पद बाहेक संघको अन्य पदमा भने यस अघि नै सर्वसम्मत निर्वाचित भइसकेका थिए।
संघको गत शनिबार भएको चौथो अधिवेशनमा अध्यक्ष पदका लागि ईश्वरीप्रसाद अधिकारी र प्रकाश आचार्यले आ आफ्नो अडान नछाडेपछि निर्वाचन प्रकृयामा जानू परेको थियो भने मनोनयन दर्ताको निर्धारित समयसम्म अधिकारीको एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएको हुन् ।
यस अघि नै वरिष्ठ उपाध्यक्षमा मदन पोख्रेल, उद्योग उपाध्यक्षमा भागवत ज्ञवाली, वाणिज्य उपाध्यक्षमा भिमबहादुर चौधरी, महासचिवमा प्रशान्त बसेल, सचिवमा रामलाल पाण्डे, कोषाध्यक्षमा गिरबहादुर ज्ञवाली, सह–कोषाध्यक्षमा सनिप ज्ञवाली सर्वसम्मत निर्वाचित भएका थिए । त्यससैगरी सदस्यहरुमा निमराज चौधरी, गोविन्दबहादुर कुँवर क्षेत्री, जीवन अधिकारी, तिर्थराज ज्ञवाली, कल्पना अधिकारी बेल्वासे, गीता कुमारी चौधरी, शान्ता सुवेदी, नारायण चौधरी, रामबहादुर चौधरी र बसन्ता जिसी रहेका छन् ।

तपाईको प्रतिक्रिया