
देउखुरी । दाङको राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङ पुल्चोक बजार क्षेत्रकमा मंगलबार बिहान ‘राप्ती गाउँपालिको शान, पूर्ण सरसफाईमा गाउँ शहर बनाउने हाम्रो अभियान’ भन्ने मुल नाराका साथ सरसफाइ गरिएको छ।
राष्ट्रिय प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा राप्ती गाउँपालिका दाङ र ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय शाखा पाखापानीको संयुक्त आयोजनामा तथा विभिन्न संघसंस्था र सुरक्षाकर्मीहरुको सहयोगमा उक्त सरसफाइ कार्यक्रम सम्पन्न भएको हो।

सरसफाई कार्यक्रमको सशस्त्र प्रहरी बल नेपाल २९ नं गण हेडक्वाटर ज्वालामाई भालुवाका एसपी मनोज कुमार धिताल र राप्ती उद्योग वाणिज्य संघ भालुवाङका अध्यक्ष सुरज खड्काले संयुक्त रुपमा राष्ट्रिय झण्डा फहराई सुरुवात गरेका थिए । ब्रह्माकुमारीज शाखा राप्तीले दुर्व्यसनरहित स्वस्थ र स्वच्छ महाशिवरात्री महोत्सव अन्तरगत उक्त अभियानलाई जोडेको ब्रह्माकुमारीज दाङका प्रवक्ता माधव तिमिल्सेनाले जानकारी दिएका छन् ।

सो अवसरमा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले वर्षको एक दिन मात्रै सरसफाइ कार्यक्रम गरेर नपुग्ने भन्दै प्रत्येक नागरिकले आफ्ना घर र परिवेशलाई सफा राख्नका लागि जिम्मेवार हुनु पर्ने बताए । त्यस्तै उनले सरसफाईलाई केवल सरसफाइमा सीमित नगरी आनीबानी र आचरणमा समेत सुधार ल्याउनुपर्ने आवश्यकता औंल्याए।

सरसफार्इ कार्यक्रममा पालिकाका कर्मचारी, ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय पाखापानी शाखाका, राप्ती उद्योग वाणिज्य संघ पदाधिकारी, सशस्त्र प्रहरी, इलाका प्रहरी कार्यालय भालुवाङ, अस्थायी ट्राफिक पोष्ट भालुवाङका सुरक्षाकर्मीहरु, ऐरावती आदर्श बहुमुखी क्याम्पसका शिक्षक तथा विद्यार्थी, रोटरी क्लब अफ राप्ती, आशाका किरण संस्था र विभिन्न टोल विकास संस्थाको सहभागिता थियो।





तपाईको प्रतिक्रिया