स्वास्थ्य पत्रकार मञ्च नेपालको अध्यक्षमा भिषा काफ्ले निर्वाचित भएका छन् । शनिबार काठमाडौँमा सम्पन्न मञ्चको छैटौँ राष्ट्रिय अभिवेशनबाट काफ्लेको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो । उनी हेल्थ आवाज अनलाइनमा आवद्ध हुन् ।

निर्वाचन समितिका अनुसार मञ्चको बरिष्ठ उपाध्यक्षमा बुद्धि कटेल निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन भएको दुई जना उपाध्यक्ष पदका लागि महेश तिमल्सिना बिजयी भएका छन् । अर्को पदमा भने सञ्जीता खनाल (हेल्थ बाणी) र शरद शर्मा (रासस)को बराबर मत आएपछि एक एक वर्ष आलोपालो गर्ने सहमति भएको छ ।
महासचिव पदमा नयाँ पत्रिका दैनिकका शिवहरि घिमिरे निर्वाचित भएका छन् । यस्तै सचिव पदमा ज्योति अधिकारी (अभिलेख डटकम) निर्वाचित भएकी छन् । कोषाध्यक्षमा भने गोरखापत्र अनलाइनकी सिर्जना खत्री विजयी भएकी हुन् ।

सदस्यहरुमा उपेन्द्र खड्का, सृजना कार्की, सुरेश खनाल, सन्तोष राई, कृष्ण आचार्य, भोली अधिकारी, लक्ष्मी चौलागाईँ, विना न्यौपाने निर्विरोध निर्वाचित भएका छन् ।
अधिवेशनबाट बासुदेव न्यौपाने लुम्बिनी प्रदेश संयोजकमा निर्विराेध निर्वाचित भएका छन् । न्याैपाने यस “हाम्राे लुम्बिनी न्युज डटकम” का अध्यक्ष तथा प्रधान सम्पाद हुन् । त्यसैगरी अधिबेशनले विरबहादुर तामाङलाई बागमती प्रदेश, मोहसिन अलि मियालाई गण्डकी प्रदेश संयोजकमा निर्वाचित गरेको छ । यस्तै तुलसा घिमिरेलाई प्रवास संयोजकमा निर्वाचित गरेको छ ।

तपाईको प्रतिक्रिया