राप्ती नदीले बगाउँदा मौरीघाटका एक पुरुषको मृत्यु

दाङ। राप्ती नदीले बगाउँदा देउखुरीमा एक पुरुषको मृत्यु भएको छ ।

 

राप्ती नदीले बगाउँदा राप्ती गाउँपालिका ४, मौरीघाट निवासी अन्दाजी वर्ष ४२ का शंकर चौधरीको मृत्यु भएको हो । राप्ती नदी तरेर गढवा गाउँपालिका १ जेठान गाउँ जाने क्रममा चौधरीलाई राप्ती नदी बगाएको हो ।

आरन लगाउन जेठान गाउँ जाने क्रममा चौधरीलाई नदीले बगाउँदा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ । मृतक चौधरीलाई शव सिसहनिया मधेवा जोड्न् पुल पुनी पानीमा तैरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयको खबर पाए लगत्तै प्रहरी चौकी गोबरडिहा र ईलाका प्रहरी कार्यालय गढवाबाट आएको प्रहरी टोलीले चौधरीको शव नदीबाट निकालेको थियो ।

तपाईको प्रतिक्रिया