संघ र प्रदेशको चुनाव मंसिर २ गते एकै चरणमा गर्न निर्वाचन आयोगको सिफारिस

 

 

काठमार्डौ। निर्वाचन आयोगले आगामी मंसिर २ गते संघ र प्रदेशसभाको सदस्य निर्वाचन एकै चरणमा गर्न सरकारलाई सिफारिस गरेको छ ।

वुधबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर निर्वाचनका लागि मंसिर २ को सिफारिस गरेको हो ।

प्रमुख आयुक्तसहितको टोलीले प्रधानमन्त्रीज्यूलाई भेटेर एकै चरणमा मंसिर २ गते प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन गर्न मिति सिफारिस गरेको छ’, आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्धारा जारी विज्ञप्तीमा भनिएका छ ।

तपाईको प्रतिक्रिया