देउखुरीमा माछा मार्ने क्रममा एक जनाको मृत्यु

देउखुरी । दाङ देउखुरीमा माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ।

 

गढवा गाउँपालिका वडा नम्बर ६ सर्वोदयचोक निवासी ६६ वर्षीय ढोर्री कुमालको माछा मार्ने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिइन्।

आइतबार अपराह्न गढवा–कालाकाटे सडकखण्डको प्रनाहा नजिक कलभर्टभित्र पानी जम्मा भएको ठाउँमा माछा मार्दै गरेका कुमालको मृत्यु भएको थियो।

अक्सिजनको कमी वा चक्कर लागेर पानीमा पल्टिँदा ज्यान गएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

पानीमा अनुहार डुबेको अवस्थामा स्थानीयहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए। कुमालको शवलाई पोष्टमर्टमका लागि लमही अस्पतालमा राखिएको छ।

तपाईको प्रतिक्रिया