सिसहनियाँमा माइक्रोबसको ठक्करबाट एक जना गम्भीर घाइते

देउखुरी । दाङ देउखुरीकाे सिसहनियाँमा माइक्रोबसको ठक्करबाट एक जना गम्भीर घाइते भएका छन् ।

 

भालुवाङ देखि लमही तर्फ जादै गरेकाे रा १ ख ८०३ नम्बरको माइक्रो बसले बिहीबार बेलुकी ६:४५ बजेको समयमा राप्ती गाउँपालिका-५ सिसहनियाँ बजारमा गाउँपालिका वडा नम्बर ७ छोट्की सिसहनियाँका अन्दाजी ७० वर्षिय वृद्ध ठागुराम चाैधरी ठक्कर दिदा गम्भिर घाइते भएका हुन्।

बाटाे पार गर्ने क्रममा बसले चाैधरीलाई ठक्कर दिएकाे प्रहरीले जनाएकाे छ । बसकाे ठक्करबाट गम्भीर घाइते भएका चाैधरीलाई सिसहनियाँ स्वास्थ्य चाैकीमा सामान्य उपचार पछि थप उपचारका लागि बुटवल पठाएको इलाका प्रहरी कार्यालय सिसहनियाँले जानकारी दिएको छ ।

ठक्कर दिने बस र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया