
देउखुरी । राप्ती गाउँपालिकामा विभिन्न पाटी परित्याग गरी १२ जना नेकपा एमालेमा प्रवेश गरेका छन ।
एकीकृत समाजबादी राप्ती गाउँपालिका वडा कमिटी सदस्य रेखा थापासहित राप्ती गाउँपालिका बडा नं २ मुक्तिनगर नयाँवस्तीका ज्ञान बहादुर वि क, लौथर्नी चौधरी, सरसवती चौधरी, प्रेम कुमार चौधरी, बालकृष्ण कुसुम्या चौधरी, शुसिला मल्ल, यम बहादुर सारुमगर, शिवा सारु, कमलादेवी गिरी, अमृत घर्ती नेकपा एमालेमा प्रवेश गरेका हुन ।
आज नेकपा एमाले राप्ती गाउँ कमिटीको पार्टी कार्यालय मसुरियामा भएको एक कार्यक्रम गरि पार्टी प्रवेश गराएको हो । उक्त कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा लुम्बिनि प्रदेश सरकारका कृषि तथा सहकारी मन्त्री दिनेश पन्थि, लुम्बिनि प्रदेश कमिटि सदस्य तथा राप्ती गाउँपालिका इन्चार्ज जगत पोख्रेल, दाङ जिल्ला कमिटि सदस्य धर्मराज अधिकारि, लगायत पार्टिका जिम्मेवार नेता कार्यकर्ताको उपस्तिथि रहेको थियो । भने कार्यक्रमको सहजीकरण भरतमणी न्यौपानेले गरेका थिए ।

तपाईको प्रतिक्रिया