दाङमा घाँस काट्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु

 

 

दाङ । दाङमा घाँस काट्नेक्रममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।

रुखबाट लडेर तुलसीपुर उपमहानगरपालिका ७ तमाखेका ५४ वर्षिय जेमबहादुर सुनारको मृत्यु भएको हो ।

मंसिर १३ गते घर नजिकै रहेको इपिलको रुखबाट लडेर घाइते भएका सुनारको उपचारको क्रममा नर्सिङ कलेज नेपालगञ्जमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया