विश्वकपमा पुगेको यू–१९ महिला क्रिकेटरलाई जनही २ लाख ५० हजार दिने घोषणा

नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकपमा छनोट भएको यू–१९ महिला टोलीका सदस्यहरुलाई नगदसहित सम्मान गर्ने भएको छ।

 

क्रिकेट संघका अनुसार टोलीका प्रत्येक खेलाडीलाई जनही २ लाख ५० हजार दिइनेछ। टिम अफिसियलहरुलाई १ लाख ५० हजार दिइने संघका प्रवक्ता छुम्बी लामाले जानकारी दिए।

बुधबार यूएईलाई हराउँदे नेपाल आगामी जनवरीमा मलेसियामा हुने यु१९ महिला विश्वकपमा छनोट भएको थियो।

तपाईको प्रतिक्रिया