दाङ- दाङमा प्रहरीले नक्कली नोटसहित ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका- १० राइखल्यान बस्ने ३० वर्षीय राममणि चौधरी, तुलसीपुर ८ बस्ने १७ वर्षीय सुमन विक, तुलसीपुर ९ दोघरे बस्ने १९ वर्षीय धनबहादुर खत्री र शान्तिनगर गाउँपालिका ४ घरभई हाल तुलसीपुर ९ बेलुवा बस्ने १७ वर्षीय शिसिर विक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
उनीहरूलाई एक हजारका १२ वटा नक्कली नोटसहित बिहीबार राति करिब ९ बजेतिर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तुलसीपुर- ९ बेलुवा र तुलसीपुर- ५ बसपार्क पिपलबोटस्थित अवैध रुपमा नक्कली नोटको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इप्रका तुलसीपुरबाट गएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनीहरूलाई नियन्त्रणमा लिई चेकचाँज गर्दा एक हजारका १२ वटा नोट फेला पारेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई इप्रका तुलसीपुरमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया