
देउखुरी । भालुवाङ स्थित राप्ती नदिको पुलबाट नदिमा हाम फालेका एक व्यक्तिको सकुशल उद्धार गरिएको छ ।
सोमबार दिउँसो ३ बजेर ४५ मिनेटमा राप्ती नदिमा हाम फालेका धादिङको गल्छी गाउँपालिका वडा नं ६ का बर्ष १६ का दिवस श्रेष्ठको सकुशल उद्धार गरिएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख अमर माझीले जानकारी दिए ।
घटना घटेको थाहा पाउना साथ ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलीले सकुशल उद्धार गरेको हो । श्रेष्ठ अर्घाखाँचीको शितगंगा नगरपलिका वडा नं. ८ सातमारामा लागेको साँस्कृतिक मेलामा पिङ सम्बन्धी काम गर्न धादिङबाट आएका प्रहरीले जनाएको छ ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया