
दाङ । गुरुकुल एकेडेमी दाङ तुलसीपुरमा कक्षा ६ मा अध्ययनरत विद्यार्थी शुभम सुनार जम्मा १२ बर्षका भए । शुभम बजारमै जन्मिए बजार हुर्किए । १२ बर्षको उमेरसम्म उनले अहिलेसम्म खाना पकाउने, कपडा धुने कामदेखि अन्य घराएसी कामको बारेमा जान्ने मौका पाएका थिइनन । तर विद्यालयले आफ्ना विद्यार्थीलाई जीवन जिउने कला र ज्ञान दिने उदेश्यले घोराही १९ सैघा स्थित एक विद्यालय परीसरमा क्लोज क्याम्पमा राखेर विभीन्न पढाई संगै घरायसी कामको अबस्था बुझ्ने अवसर मात्र प्राप्त गरेनन, उनिहरुले घरायसी काम आफै गर्ने र आफ्नो जिवनमा के कस्ता कुराहरुको आबश्यकता हुदो रैछ भन्ने कुरा बुझ्ने मौका पाए र यो कामबाट धेरै सफलता हासिल पनि गरे ।
उनि यो भन्दा अगाडि यसरी आफ्नै जिम्मेवारीमा रहेर केहि काम गरका थिएनन् । उनलाई बन्द शिविर भनेको समेत थाहा थिएन । विद्यालयले कक्षा ६ का बिद्यार्थिहरुलाई क्लोज क्याम्पमा राख्ने निर्णय बिद्यालयको आन्तरीक पाठ्यक्रममा राखेर गरेको थियो । सोहि अनुरुप कक्षा ६ का विद्यार्थिहरुलाई पनि गत बर्षबाट बार्षिक रुपमा क्लोज क्याम्पमा राख्ने निर्णय भएको हो । असोज १७ गते देखि २० गतेसम्म गरीएको क्लोज क्याम्प समापन गरीएको छ ।
कक्षा ६ का बिद्यार्थिहरुले आफुलाई आबश्यक पर्ने खानेकुरा जोहो तरकारी केलाउने देखि खाना पकाउने र भाडा मिस्ने लगाएतका काम आफै गर्ने गरेका छन भने चित्र बनाउने ,योगा गर्ने ,बोल्न सिक्ने ,सरसफाई को काम गर्ने खेल खेल्ने र ग्रामिण भेगमा रहेको गाँउको जिवन शैलि समेत बुझ्ने मौका पाएका छन ।
बुवा आमाको काखमा बसेर घरमा खाना पकाउने, कपडा धुने काम कहिले नगरेका उनिहरु बिद्यालयका शिक्षकहरु संग बसेर सिक्न पाउदा निकै खुसि भएका छन । गुरुकुल एकेडेमी तुलसीपुरका शुभम मात्र नभएर गुरुकुल एकेडेमी लमहीका एन्जल केसिको पनि अनुभव उस्तै छ । उनिहरु संगै गुरुकुल एकेडेमी घोराही, लमही र तुलसीपुरका विद्यार्थि गरी ४७ जना बिद्यार्थि क्लोज क्याम्पमा बसेका थिए । आफ्ना शिक्षक शिक्षिकाको सहयोगमा धेरै कुरा सिकेका उनिहरुले ग्रामीण जीवनको महत्वसंगै बिहानदेखि साझसम्म कसरी जीवनयापन गरिदो रहेछ भनेर सिक्ने अवसर मिलेको बताए ।
त्यसगरी उनीहरुले क्लोज क्याम्पले दैनिक जीवनको महत्त्वसंगै आफु जस्ता बालबालिकाले ग्रामीण जीवनको परीवेशमा पारिवारीक वातावरण बाहिर बसेर कसरी पढ्दा रहेछन भनेर बुझ्ने अबसर समेत मिलेको बताए । यसले विद्यालयमा सैद्धान्तकिसंगै व्यवहारकि ज्ञान दिने गरेको अभिभावकको भनाई छ । घरबाट क्लोज क्याम्पमा जानेभन्दा बुबाआमाले मन गर्नुभएको थिएन बिद्यार्थिले भने तर आफुसंगै सरहरुले भनेको भनेपछि अभिभावकले पनि सहमति जनाएर क्लोज क्याम्पमा बासालेका हुन । अहिले ति साना बच्चाहरुले ४ दिने क्लोज क्याम्प सफल भएपछि बिद्यालय मात्र होइन अभिभावक पनि खुसि छन ।
क्लोज क्याम्पमा रहेका विद्यार्थीहरुले बिहान ५ बजेदेखि साझ ७ बजेसम्म आफै पकाउने, अध्ययन गर्ने क्लोज क्याम्प अफिसर तथा गुरुकुल तुलसीपुरका प्रधानाध्यापक मुकुन्द गिरीले बताउनुभयो । घोराहीको रतनपुरमा रहेको स्कुलले कक्षा ९का बिद्यार्थिहरुलाई २०७५ सालदेखि र गत बर्ष देखि कक्षा २ का विद्यार्थिहरुलाई प्रत्येक वर्ष जीवन उपयोगी शिक्षासंगै व्यबहारीक ज्ञानको उदेश्यले क्लोज क्याम गर्दै आएको छ ।
गुरुकुल एकेडेमी घोराहीका प्रधानाध्यापक डा. कृष्णराज डिसिको अध्यक्षता तथा पत्रकार सहित शिक्षक र सुरक्षा कर्मिहरुको उपस्थितिमा भएको कार्यक्रममा गुरुकुल एकेडेमी घोराहीका परीक्षा संयोजक विवेक देबकोटाले स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको सहजिकरण बन्द शिबिरमा बसेका विद्यार्थीले गरेकार्थि ।

तपाईको प्रतिक्रिया