लुम्बिनी प्रदेशः कांग्रेस सचेतक गिरीको राजीनामा

दाङ–नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सचेतक नीमा गिरीले पदबाट राजीनामा दिएकी छन्। संसदीय दलका नेता डिल्लीबहादुर चौधरीसमक्ष गिरीले सोमवार राजीनामा बुझाएकी हुन्।

 

राजीनामा दिनेबारे गिरीले विविध कारणले आगामी दिनमा सचेतकको जिम्मेवारी निर्वाह गर्न असमर्थ रहेको उल्लेख गरेकी छन्।

गिरीलाई संसदीय दलले २०७९ साल चैत २९ गते सचेतकको जिम्मेवारी दिएको थियो। करिब १८ महिना गिरीले सचेतकको जिम्मेवारी निर्वाह गरेकी थिइन। वर्तमान सरकारमा कांग्रेसबाट दुई जना मन्त्री पठाउन बाँकी छ। त्यसमा महिलालाई प्राथमिकता दिनुपर्ने बारेमा संसदीय दलका नेता चौधरीको ध्यानाकर्षण गराइएको थियो।

तपाईको प्रतिक्रिया