लरीभित्र ४० जना आप्रवासी मृत भेटिए

अमेरिकाको टेक्सासमा एक ठूलो ट्रक (लरी) भित्र कम्तिमा ४० जना आप्रवासीको शव फेला परेको छ ।

 

स्थानीय एक टेलिभिजन च्यानलका अनुसार लरी भित्र फेला परेका १६ जनालाई विभिन्न अस्पतालमा लगिएको छ ।

टेक्सासको सान एन्टोनियो भन्ने स्थानको दक्षिण पश्चिम क्षेत्रको रेलको लिक नजिक फेला परेको लरीभित्र शव भेटिएको बीबीसीले जनाएको छ । उनीहरु कुन देशका नागरिक हुन् र उनीहरुको मृत्यु कसरी भयो भन्ने एकीन भएको छैन ।

सामाजिक सन्जालमा शेयर गरिएको घटनास्थलको तस्वीरमा प्रहरीसहित लरी वरपर आपतकालीन सेवाका सदस्यहरु देखिन्छन् । सो लरीका चालक फेला परेका छैन् । न्यूयोर्क टाइम्सका अनुसार प्रहरीले चालकको खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया