देउखुरी बैंकर्सले ग¥यो वृक्षरोपण

 

 

 

देउखुरी । देउखुरी बैंकर्सले अजम्मरी सामुदायिक वन क्षेत्रमा विभिन्न प्रजातीका दुई सय विरुवा रोपन गरेको छ ।

सामाजिक उत्तरदायित्व र जिम्मेवारी पुरा गर्न बृक्षारोपण गरिएको देउखुरी बैंकर्सका अध्यक्ष तेजबहादुर नेपालीले बताउनु भयो । लमही नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश देवकोटाको बिशेष उपस्थितीमा बृक्षरोपण गरिएको थियो ।

विभिन्न बैंकमा कार्यरत प्रमुख तथा कर्मचारी, सामुदायिक वनका उपभोक्ता तथा समितिका प्रतिनिधि, वडा प्रहरी कार्यालय लगायतको सहभागीता रहेको थियो । वन, वातावरण तथा जैविक विविधता संरक्षणका क्षेत्रमा सबैले साझा रुपमा जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ ।

तपाईको प्रतिक्रिया