देउखुरी । नबिल बैंक लमहीले सामाजिक उत्तरदायित्व अन्तरगत नगर स्वास्थ्य केन्द्रलाई फिल्टर वितरण गरेको छ ।
लमही नगरपालिका–५ कोलहीमा रहेको नगर स्वास्थ्य केन्द्रमा उपचारका लागी पुग्ने विरामीलाई शुद्ध पिउने पानी वितरणका लागी पानी फिल्टर वितरण गरिएको नविल बैंक लमही शाखा प्रमुख उत्सव श्रेष्ठले जानकारी दिनुभयो ।
फिल्टर वडा अध्यक्ष ओमप्रसाद सुवेदी र नगर स्वास्थ्य प्रमुख कृष्णप्रसाद आचार्यलाई संयुक्त रुपमा हस्तान्तरण गरिएको हो । २५ हजार रुपैयाँको लागतमा खरिद गरिएको पानी फिल्टर उपलब्ध गराइएको छ ।
लेखकको बारेमा
तपाईको प्रतिक्रिया