देउखुरीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

देउखुरी । दाङ देउखुरीमा श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। लमही नगरपालिका–९ स्याले निवासी चक्रबहादुर उर्फ श्यामकुमार कुमालको कुटपिटबाट उनकी श्रीमती अन्दाजी ४० ईश्वरी कुमालको घटनास्थलमै मृत्यु भएको हो।

 

कुटपिटबाट मृत्यु भएकी श्रीमतीलाई बाटोमा छोडेर श्रीमान् श्यामकुमार घर छोडेर भागेका थिए। उनलाई जलकुन्डीबाट गाउँलेले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए।

मृतकका श्रीमान् श्याम कुमारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद तिमिल्सिनाले जानकारी दिए।

स्थानीयका अनुसार कुमाल दम्पती दैनिकजसो मादक पदार्थ सेवन गर्ने, झैझगडा गर्ने, कुटपिटसम्म गर्ने गर्थे । अहिले ईश्वरीको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ। उनीहरुका तीन छोरी एक छोरा छन्।

तपाईको प्रतिक्रिया