देउखुरीमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु

 

 

देउखुरी । दाङको देउखुरीमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुने लमही नगरपालिका १ नर्ती निवासी चन्द्र प्रसाद चौधरीकी १० वर्षिया छोरी स्वस्तिका चौधरी रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिनु भयो ।

लमही भालुवाङ सडक खण्डको नर्तिमा आइतबार बेलुका पौने आठ बजेको समयमा बाटो काट्ने क्रममा पश्चिमबाट पुर्व तर्फ गईरहेको लु ९५ प ८९५ नम्बरको मोटरसाइकलले चौधरीलाई ठक्कर दिएको थियो । गम्भीर घाइते चौधरीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु गएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक गढवा गाउँपालिका २ महादेवा निवासी २९ वर्षिय अपिल शर्मा पनि घाइते हुनु भएको छ । शर्माको चिउडो र बायाँ हातमा चोट लागेको छ । शर्मालाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ । मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।

तपाईको प्रतिक्रिया