संस्थागत विद्यालय तर्फ लमहीको गोरखा वोर्डीङ्ग उत्कृष्ट

देउखुरी । राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर लमही नगरपालिकाले औपचारीक कार्यक्रम गरेर शैक्षिक क्षेत्रको विकासमा भूमिका निर्वाह गर्ने, शिक्षक, विद्यालय तथा विद्यार्थीलाई विभिन्न विधामा सम्मान तथा पुरस्कृत गरेको छ ।

 

 

संस्थागत विद्यालयहरुको विचमा गोरखा मोडेल सेकेन्डरी स्कुल लमही उत्कृष्ट भएको छ । लमही नगरपालिकालले शैक्षिक सत्र २०७९ को माध्यमिक तह तर्फ उत्कृष्ट नतिजा सहित उत्कृष्ट विद्यालयको रुपमा छनौंट भएकोमा कदर पत्रले सम्मान गरिएको हो ।

 

प्राचार्य लाेकमान रिजालका अनुसार उत्कृष्ट बिद्यालय संगै उत्कृष्ट शिक्षक र उत्कृष्ट विद्यार्थीको रुपमा गोरखडा मोडेल सेकेन्डरी स्कुल परेको छ । माध्यमिक तहमा कार्यरत विज्ञान बिषयका शिक्षक यमप्रकाश डाँगी, सामाजिक शिक्षक शिवनारायण चौधरी, अंग्रेजी शिक्षक विशाल थापा सम्मानीत भएका छन् ।

यस्तै आधारभूत तर्फ उत्कृष्ट शिक्षकको रुपमा गणित शिक्षक समिर विक, सामाजिक शिक्षक अनन्त खड्का सम्मानीत भएका छन् । माध्यमिक तह तर्फ उत्कृष्ट विद्यार्थीको रुपमा लमही नगरपालिका प्रथम कमल थापा, लमही नगरपालिका दोस्रो रितु चौधरी र तेस्रो रिजन भण्डारीलाई पुरस्कृत गरिएको छ । आधारभुत तह तर्फ लमही नगरपालिका प्रथम आयुष सुवेदीलाई पुरस्कृत गरिएको छ ।

लमही नगरपालिकाको प्रतिनिधित्व गर्दै गोरखा मोडेल सेकेन्डरी स्कुल लमही विद्यार्थीले जिल्ला स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा थुप्रै जित हासिल गर्दै लमही नगरपालिकालाई तृतीय स्थानमा पु¥याउन सफल भएका छन् । एथलेटिक्स तर्फ १०० मिटर दौडमा क्षितिज एम्सी पहिलो, २०० मिटर दौडमा क्षितिज एम्सी प्रथम, ४०० मिटर दौडमा सुमन चौधरी दोस्रो, कराते प्रतियोगिता बसन्त मगर दोस्रो, कराते प्रतियोगिता मिनाक्क्षी बिक तृतीय, रिले दौड तर्फ सिरेश बिक, सुमन चौधरी, चिरञ्जीवी चौधरी, प्रबिन चौधरी प्रथम, रिले दौड तर्फ दोस्रो क्षितिज एम्सी, सुमन चौधरी , बासुदेव चौधरी , प्रबिन चौधरी भएका थिए । भलिबल तर्फ तृतीय हुन सफल अन्जु सुनार, शृजना गौतम, मिना चौधरी, निशा जिसिलाई समेत पुरस्कार वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया