
देउखुरी । आइएनएफ नेपाल दाङ शाखाले अग्नी पिडितलाई राहत उपलब्ध गराएको छ ।
राजपुर गाउँपालिका–७ हाडबासका अग्नी पिडितलाई दैनिक उपभोग्य बस्तु सहित लत्ताकपडा सहयोग गरिएको छ । चामल, दाल, लगाउने कपडा, पानी, डसना, टर्च लाईट लगायका सामाग्री सहयोग गरेको परियोजना अधिकृत कृष्णबहादुर वलीले जानकारी दिए । गत बैशाख १६ गते आगलागी हुदा २३ घर जलेर नष्ट भएका थिए ।
वडा अध्यक्ष पुस्कर वलीको रोहवरमा राहत सामाग्री वितरण गरिएको थियो । साथै वडा सदस्य प्रमोद बस्नेत, समाजसेवी लालविर खड्का, हाडवास टोल विकास संस्थाका अध्यक्ष टेक वहादुर डाँगी लगायको उपस्थिती थियो । आइएनएफ नेपाल दाङ्ग शाखाले जिल्लामा भएको विपद्को बेला राहत उपलब्ध गराउदै आएको छ ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया