भुमिगत पानीको मुहान संरक्षण गर्दै ४ नं. वडा कार्यालय

जगत खनाल

 

देउखुरी । मानिसले दैनिकी प्रयोगको लागि उपयोग गर्ने पानीको समस्या हाम्रो कयौं ठाउमा भइरहेको बेला राप्ती गाउँपालिका वडा नम्बर ४ कार्यालयले पानीको स्रोत मानिने कुवा संरक्षक गर्न लागिपरेको छ ।

सरकारले पिउने पानी उपलब्ध गराउन नसकेको वडा नम्बर ४ का जनताले भुमिगत रुपमा पानी कुवा, हेटपम्प बाट पिउने तथा दैनिक प्रयोगको लागि पानी प्रयोग गर्दै आइरहेको छन ।

वडा कार्यालयले सार्बजनिक कुवा संरक्षक गरि आफ्ना जनतालाई पानी उपलब्ध गराउने र पानीको मुहान बचाउने उदेश्य ले कुवा संरक्षक गर्न थालिएको वडा अध्यक्ष वीर बहादुर चौधरीले जानकारी दिएका छन । करिब २ लाखको लागतमा जनकपुर र खिनैटा टोलका २ वडा कुवा संरक्षक गर्न लागिएको वडा अध्यक्ष चौधरीले बताएका छन ।

उक्त कुवाहरुबाट करिब ५ सय जनता लाभान्वित हुने पनि चौधरीले जानकारी दिएका छन । वडाका बासिन्दाले अहिले सुख्खा र खडेरीमा त्यहि कुवाको पानीले प्यास मेटाउदै आएका छन ।

तपाईको प्रतिक्रिया