हाडबासका अग्नी पिडितलाई राप्ती मोवाइल संघको राहात

 

 

 

देउखुरी । राप्ती मोवाइल तथा इलेक्टोनिक्स व्यवसायी संंघ भालुवाङले अग्नी पिडितलाई राहत उपलब्ध गराएको छ ।

राजपुर गाउँपालिका–७ हाडबासका अग्नी पिडितलाई सहयोग स्वरुप नगद हस्तान्तरण गरिएको राप्ती मोवाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संंघका अध्यक्ष हरी खड्काले जानकारी दिए । संघले २० हजार ५ सय र राप्ती २ बराखुट्टी निवासी लिला भण्डारीले उपलब्ध गराउनु भएको ५ हजार ५ सय ५५ गरी २६ हजार ५५ प्रदान गरीएको खड्काले जानकारी दिए । गत बैशाख १६ गते आगलागी हुदा २६ घर मध्ये २३ घर जलेर नष्ट भएका थिए ।

हाटबास बासीको रोहवरका राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीलाई नगद प्रदान गरीएको थियो । उक्त रकम अग्नी पिडितहरुको घर निमार्णमा लगाइने राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले बताए । राहत हस्तान्तरणमा संघका अध्यक्ष खड्का सहित महासचिव कमल खनाल, सदस्य अशोक बेल्बासे, प्रेस संयोजक बासुदेव न्यौपाने र पत्रकार महेश रिजाललको उपस्थिती रहेको थियो ।

राप्ती मोवाइल तथा इलेक्टोनिक्स व्यवसायी संंघले व्यवसायीहरुको हकहितसहित विभिन्न सामाजिक कार्य पनि गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया