
दाङ । दाङमा तिब्र गतिमा आएको मोटरसाईकल पसल भित्र छिर्दा दुर्घटनामा परेको छ ।
दाङको तुलसीपुर ७ प्रसेनीमा सोमबार विहान साढे १० बजेतिर तुलसीपुर तर्फ जादै गरेको रा २ प ७१७३ नम्बरको मोटरसाईकल तिब्र गतिकै कारण अनियन्त्रित भई पसलमा छिरेको हो । मोाटरसाइकल दुर्घटना हुदा प्रसेनीको घुम्ती निर रहेको लोकबहादुर हलवाईको पसलमा क्षति भएको छ, भने तीन जना घाइते भएका इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।
घाइते हुनेमा मोटरसाईकल चालक तुलसीपुर १८ ग्वारखोलाका १९ बर्षीय मनिश विक, मोटरसाईकलमा सवार सोही ठाउँका १७ बर्षीय सुरज महत र पसलका साहुजी ४५ बर्षीय लोकबहादुर हलवाइ रहेका छन् ।
उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । चालक विकको टाउको, बाँया हात र खुट्टामा चोट लागेको छ । त्यस्तै पछाडी सवार महतको बाँयाँ खुट्टामा सामान्य चोट लागेको छ, भने पसलका साहुजी हलवाईलाई दाँया खुट्टामा सामान्य चोट लागेको प्रहरीले बताएको छ ।
पेट्रोल हाल्न तुलसीपुर जाने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया