बगासोतीमा सुमो र मोटरकाइकल एक आपसमा ठोक्किँएर दुर्घटना, २ घाइते

 

 

देउखुरी । देउखुरीमा टाटा सुमो र मोटरकाइकल एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परि २ जना घाइते भएका छन् ।

प्युठान देखि बुटवल जाँदै गरेको रा १ ज ७६० नम्बरको टाटा सुमो र विपरित दिशाबाट आउँदै गरेको ना ५६ प १३८१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटनामा परेको हो ।

भालुवाङ प्युठान सडक खण्डको राप्ती गाउँपालिका १ बगासोतीमा भएको दुर्घटनामा परि मोटरसाइकल चालक सल्यान घर बताउँने ४८ वर्षिय खिम बुढा गम्भीर घाइते भएका छन् भने मोटरसाइकल पछाडी सवार दाङ घर बताउँने २४ वर्षिय चिताराम चौधरी सामान्य घाइते भएका छन् । गम्भिर घाइते बुढाको टाउको र मुखमा चोट लागेको छ । उनको भालुवाङ अस्पतालमा सामान्य उपचार पश्चात बुटवल रिफर गरिएको भालुवाङ अस्पतालले जनाएको छ ।

टाटा सुमोको अगाडीको शिसा फुटेको छ भने त्यसमा सवार सवै यात्रु सकुसल रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया