सहकारी सञ्चालकको क्षमता अभिवृद्धि गर्न तालिम

 

 

देउखुरी । सहकारी संस्थाका सञ्चालकहरुको क्षमता अभिवृद्धि गर्न चार दिनसम्म तालिम सञ्चालन गरिएको छ ।

टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था रुपन्देहीले सहकारीका सञ्चालकहरुको क्षमता अभिवृद्धि गर्न लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा तालिम सञ्चालन गरेको हो । सो क्रममा बचत तथा ऋण सहकारी संस्थाहरुमा देखिएको छिटफुट समस्याले गदाए समग्र सहकारीहरुलाई एउटै नजरले हेर्न नहुनेमा वक्ताहरुको जोड थियो ।

सहकारी संस्थाका अध्यक्ष डिबी थापाको अध्यक्षता तथा राप्ती गाउँपालिका–३ का वडा अध्यक्ष उमेश अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि अधिकारीले सहकारीको मुल्यमान्यता र सिद्धान्त अनुसार नचल्दा समस्या देखा परेको भन्दै सचेत रहन आग्रह गर्नु भयो ।

तालिमको सहजीकरण नेफ्स्कुनका बरिष्ठ अधिकृत प्रेमनाथ वाग्ले र कार्यक्रम अधिकृत मनोज खड्काले गर्नु भएको थियो । सहकारी संस्थामा ६ हजार चार सय ७० जना शेयर सदस्य रहेका छन् । सहकारी संस्थाका उपाध्यक्ष पर्शुराम वास्तोलाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सहकारीका सञ्चालक गोकुल पोख्रेलले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया