देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेकपा माओवादी केन्द्रको तर्फबाट बनेका दुई मन्त्रीलाई बर्खास्त गरेका छन् ।

अर्थमन्त्री धनबहादुर मास्की र सहरी विकास मन्त्री कृष्णा केसीलाई बर्खास्त गरेको मुख्यमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।
मुख्यमन्त्रीले दुई वटै मन्त्रालय आफूसँगै राखेका छन् ।
केन्द्रीय राजनीतिमा आएको फेरवदलको प्रभाव प्रदेश सरकारमा समेत पर्न गएको छ । केन्द्र सरकारमा नेकपामा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र जनता समाजवादी पार्टी(जसपा) नेपालको गठबन्धन बनेको छ ।
दुई मन्त्री बर्खास्त भएपनि लुम्बिनी प्रदेशमा सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिएको छ । माओवादी केन्द्र लुम्बिनी प्रदेशसभा संसदीय दलले संसद सचिवालयलाई पत्र लखेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

तपाईको प्रतिक्रिया