दाङ– एमाले पोलिटव्यूरो सदस्य तथा प्रतिनिधि सभा सदस्य सूर्य थापाले सत्य, तथ्य विचार जनतमाझा लग्न जरुरी रहेको, त्यो काम प्रेस जगतको प्रमुख जिम्मेवारी भित्र पर्ने बताएका छन्।

प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको प्रथम साधारण सभा तथा भेलालाई सम्वोधन गर्दै उहाँले श्रमजीविका मुद्धा, संगठीत, पेशागत दक्षता योग्य बनाउन प्रेस चौतारीले भूमिका खेल्नुपर्ने बताएका हुन्।
पत्रकार महासंघमा गठबन्धनका कारण जित्नुले हार्ने र हार्नुपर्नेले जित्ने परिपाटी सुरुवात भएको र यो प्रवृत्ति गलत भएको बताए।‘दृष्टिकोण बनाउदा संगठनलाई केन्द्रमा राख्नुपर्छ’उनले भने,‘संगठनलाई सही नीति, एजेन्डाले सबैभन्दा बढी सक्रिय बनाउँछ। यसमा चौतारीले भूमिका बढाउनुपर्छ।’
२००८ सालमा सत्यनारायण बहादुर श्रेष्ठले स्थापना गरेको पत्रकार महासंघ हाल विपुल पोख्रेल अध्यक्ष भएको महासंघनै रहेको उनले बताए।‘ईतिहाँस मेटाउन पाईदैन। म यो ईतिहास मेटाउने खेलको विपक्षमा छु’, उनले भने, ‘पत्रकार महासंघको ईतिहाँस तोडमोड गर्न पाइैदैन। यसमा म स्पष्ट छु।’
चौतारी लुम्बिनी प्रदेशका अध्यक्ष शोभाखर पन्थिको अध्यक्षतामा सम्पन्न सभालाई सम्वोधन गर्दै केन्द्रिय उपाध्यक्ष गणेश पाण्डेले नयाँ पुस्तालाई संगठित गर्नुपर्ने, पत्रकार महासंघमा नेतृत्व स्थापित गर्ने सवालमा चौतारीले भूमिका खेल्ने बताए।
अर्का उपाध्यक्ष सविन प्रियासनले प्रदेश सरकारले प्रदेश संचार परिषद्लाई भूमिका दिन नसकेको प्रति गुनासो गर्दै दवाव सृजना गर्न आवश्यक रहेको धारणा राखे।
चौतारीका महासचिव हिरामन लामाले संगठन निर्माण, विस्तार र सुदृढिकरणका लागी व्यक्तिवादी सिद्धान्त हावी हुन नहुने, सामाजिक सञ्जालको प्रभावकारी प्रयोगमा ध्यान दिनुपर्ने बताए।
सभालाई नेकपा एमाले लुम्बिनी प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरे, नेकपा एमाले लुम्बिनी प्रदेश सचिव लक्षमण आचार्य, प्रेस चौतारी लुम्बिनी ईञ्चार्ज मोहन चापागाई, प्रेस चौतारी लुम्बिनी प्रदेशका सल्लाहकार भरत केसी, लुम्बिनी प्रदेश सञ्चार परिषद संयोजक मिलन गाहा, संसदीय मामिला पत्रकारका अध्यक्ष घनश्याम गौतम, नेकपा एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेत लगायतका वक्ताहरुले परिवर्तनलाई संस्थागत गर्न सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकाले जनसरोकारको सवालमा कतिबद्ध भएर भूमिका खेल्नुपर्नेमा जोड दिए।

तपाईको प्रतिक्रिया