
देउखुरी । दाङको तुलसीपुरबाट काठमाडौं जादै गरेको बस घोराही–लमही सडक खण्डमा दुर्घटनामा परेको छ ।
बसमा सवार ३२ जना सबै यात्रुहरू सकुशल रहेका छन् । बिहिवार दाङको तुलसीपुर देखि काठमाडौं जादै गरेको रा १ ख ३१३२ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भइ लमही नगरपालिका वडा नम्बर ६ कुलमोहर नजिक दुर्घटनामा परेको हो ।
सामान्य दुर्घटना भएको र कुनै मानवीय क्षति नभएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख शंकर श्रेष्ठले जानकारी दिनुभयो ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया