दाङ – दाङको घोराहीमा जारी छैटाैँ घोराही मेयर कप रनिङ फुटवल प्रतियोगिताको उपाधि घोराही–१७ ले जितेको छ।

घोराही १० र १७ विच आज भएको फाइनल खेलमा वडा नम्बर १० लाई १ का विरुद्ध २ गोल गर्दै घोराही १७ ले १ लाख राशिको छैठौँ घोराही मेयर कप रनिङ फुटवल प्रतियोगिताको उपाधि जितेको हो।

पहिलो हाफको ३१ औँ मिनेटमा घोराही १७ का युवराज रानाले पहिलो गोल गर्दै शुरुवाती अग्रता लिएका थिए। खेलको दोस्रो आफको २२औँ मिनेटमा घोराही १० का दिपेश पुनले जवाफी गोल गर्दे खेललाई बरावरीमा ल्याएका थिए। निक्कै प्रतिष्प्र्धात्मक खेलको अन्तिममा घोराही १७ का सुजल बस्नेतले निर्णायक गोल गरेका थिए।

६ वर्ष देखी हुदैँ आएको प्रतियोगिताको विजेताले नगद १ लाख शिल्ड तथा प्रमाणपत्र र उप विजेताले नगद ५० हजार शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन्। पुस २० गतेदेखी जारी प्रतियोगितामा घोराही उपमहानगर पालिकाका १९ टिम सहभागी थिए।

तपाईको प्रतिक्रिया