राष्ट्रिय सभा निर्वाचनः लुम्बिनीबाट गठबन्धनका सुवेदी र सापकोटा विजयी, को हुन सुवेदी र सापकोटा ?

बासुदेव न्यौपाने

 

दाङ । राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनीबाट सत्ता गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का झक्कुप्रसाद सुवेदी र कांग्रेसकी विष्णुकुमारी   सापकोटा विजयी भएका छन्।

राष्ट्रिय सभा सदस्यमा लुम्बिनी प्रदेशबाट अन्यतर्फ माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी ५ हजार ४३५ मतभार प्राप्त गरी निर्वाचित भएका छन्। ६१ बर्षीय सुवेदी सुनिलस्मृती गाउँपालिका–६ रोल्पा निवासी हुन्। ०६४ को पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं–२ बाट तत्कालीन एमाले नेता माधवकुमार नेपाललाई पराजित गरी चर्चामा आएका थिए।

झक्कु सुवेदी तीनै हुन् जसले २०६४ चैत २८ को पहिलो संविधानसभाको चुनावमा तत्कालीन नेकपा (एमाले) का तत्कालीन महासचिव माधव नेपाललाई एक हजार पाँच सय ३३ मतले हराएका थिए।

सुवेदी २०४९ मा रोल्पा जिविस सभापतिसमेत भएका थिए। ७४ मा भने काठमाडौं–६ मा उठेका सुवेदीलाई कांग्रेसका भीमसेनदास प्रधानले हराए।

त्यसैगरी राष्ट्रिय सभा सदस्यमा गुल्मीकी बिष्णुकुमारी सापकोटा ५ हजार ४३५ मतभार प्राप्त गरी निर्वाचित भएकी छन्। राष्ट्रियसभामा नवनिर्वाचित सापकोटाको जन्म बुवा कृष्णप्रसाद सापकोटा र आमा धनकुमारीको कोखबाट गुल्मीको साविक वामी गाविस–४ मा २०२३ साल असार १० गते भएको थियो।

सानैदेखि राजनीतिमा रुचि राख्ने सापकोटा २०३६ साल मा नेविसंघको गुल्मी जिल्ला सदस्य भएकी थिइन्। उनी निरन्तर रुपमा २०४६ सालसम्म जिल्ला सदस्य भएर काम गरेकी थिइन्।
यस्तै २०५७ मा नेविसंघकै केन्द्रिय सदस्य भएकी सापकोटा २०६३ देखि २०७४ सम्म नेपाल महिला संघ गुल्मी जिल्ला सभापति भइन्।

२०७४ को अधिवेशनमा गुल्मीको पार्टी सचिब भएर काम गरिन्। उनले आफ्नो पार्टीको महिला संघको मात्रै लामो समय नेतृत्व गरिन्न ।

तपाईको प्रतिक्रिया