दशरथ घिमिरे

दाङ– लमहीको महोत्सव स्थल शनिबार खचाखच भरिभराउ भयो। कलाहरुको प्रस्तुति हेर्न तँछाडमछाड नै चल्यो। दर्शक नाँचे, हाँसे अनि भावनामा डुबे पनि। चर्चित गायकदेखि कलाकारको प्रस्तुतिमा दर्शक रमाउन पुगे। चर्चित गायक बद्रि पंगेनीले आफ्ना नयाँ पुराना सबै गीत गाउन भ्याए।

एक महिनालाई सापटी माग्यौं, एक बर्ष भयो कता भाग्यौं।
सापटी नदेउ आफन्ती टाढा, सापटी दिदा विग्रियो सारा।
तिम्रो ढाट्ने बानीले बोल्न बाध्य गरायो।
राम्रो थियो हाम्रो सम्वन्ध, पैसा सापटी दिएपछी बोलचाल हरायो।
वर्तमानमा भोगिएका समस्यालाई गितमा उनिएको छ। त्यही समस्यालाई चित्रण गर्दै सापटी मागेको र सापटी लिने मान्छे भागेको सम्मका परिस्थितीलाई गितमा लयबद्ध गरेको प्रस्तुती दर्शकले रुचाए। बद्रीले यो गित दश महिना अघि बजारमा ल्याउनु भएको थियो। जुन गित यूटुवमा पनि रुचाइएको छ।
मंसिर आयो रहरै सेलायो, तिम्ले वास्ता गरेनीउ के लायो।
तिम्रो साथमा रातो पछ्यौरी।
रातो पछ्यौरी अनि तातो फछ्यौरी।
मलाई चिसो हावाले हानेको खैत मायाँ गर्न जानेको।

यो गीत ९ वर्षअघि बजारमा आएको थियो। अहिले पनि यो गित दर्शकहरुले रुचाएका छन्। मेला महोत्सवमा पनि बद्रीले यही गीतलाई प्रस्तुतिको रुपमा राख्दै आएका छन्। जुन गित अहिले पनि दर्शकको जनजिव्रोमा छ। एक पटक गरिएको सिर्जना सधैं जीवन्त रहन्छ भन्ने उदाहरण हुन।
गायक तथा संगितकार यादवनाथ योगीले मेरो दाङ मेरो देउखुरी मात्रै होइन थारु भाषाका चर्चित गित पस्किए। जुन गितमा दर्शकहरु झुमेर नाचे।
चुरिया लेडेवु साली
गुरिया लेडेवु साली
चुरिया लेडेवु साली
गुरिया लेडेवु साली
सरर, सरर घुमाईवु काठमाण्डौं सहरमे

गायक तथा संगितकार योगीको यो गित छ महिना अघि यूटुवुमा रिजिल गरेका थिए। जुन गित अचेल हरेक सांस्कृती कार्यक्रम तथा मेला महोत्सवमा औधी रुचाइएको छ। थारु बस्तीमा माघमा आयोजना गरिएका सांस्कृतीक कार्यक्रममा यो गितको बर्चश्वनै रह्यो।
स्वरोजगार, आत्मनिर्भरता, हाम्रा आधार शहर देखी गाउँसम्म व्यवसाय विस्तार मुख्य नारा सहित माघ ५ गते देखी लमहीमा दोस्रो कृषि पर्यटन, उद्योग तथा व्यापारीक महोत्सव सञ्चालनमा छ। महोत्सव माघ १७ गते सम्म चल्ने छ।

लमही चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा दर्शकहरु कलाकारहरुको प्रस्तुतीले आकर्षित भएर महोत्सव स्थलमा प्रवेश गर्ने गरेका छन। शनिबार दशौं हजार दर्शकले महोत्सव अवलोकन गरेको लमही चेम्बर अफ कमर्सका अध्यक्ष शीतल भुसालले जानकारी दिए।
शनिबार चर्चित लोक तथा दोहोरी गायक बद्री पंगेनी, गायक यादवनाथ योगी, गायिका सृजना खत्री, गायक जीवन हमाल, गायिका रुपा घर्ती, गायिका शशी पुन, मोडेल सुहाना भट्टराई लगायतले प्रस्तुति राखेका थिए।


तपाईको प्रतिक्रिया