
देउखुरी । देउखुरी मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघको अध्यक्षमा पुन जागेश्वर बसेल चयन भएका छन् ।
शनिबार लमही नगरपालिका ३ जखेरातालमा सम्पन्न देउखुरी मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले बसेललाई पुन अध्यक्षमा चयन गरेको हो ।
अधिवेशनले बसेलको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा प्रकाश बेल्बासे, उपाध्यक्षमा नारायण बहादुर मगर, महासचिवमा राजेश कुमार गुप्ता, सचिवमा अभिषेक पोख्रेल, कोषाध्यक्षमा हरि बहादुर चौधरी रहेका छन् । त्यसै गरि सदस्यहरूमा लुमाकान्त बोहोरा, बिपिन बस्नेत, राम जनम चौधरी, महेश चौधरी, अमन चौधरी, सागर चौधरी, विशाल दाहाल, बिरेन्द्र गुप्ता, मुलचन्द्र चौधरी, लोकबहादुर चौधरी रहेका छन् ।

लेखकको बारेमा

तपाईको प्रतिक्रिया