
तुल बहादुर कवँर मगर
देउखुरी । नामसालिङ सामुदायिक विकास केन्द्र दाङले राप्ती गाउँपालिका वडा नं.१ को माछिताल र ५ को भुल्केमा उत्पादन उपरान्त प्रविधि तालिम प्रदान गरेको छ।
विकास कोष नर्वेको आर्थिक सहयोग तथा राप्ती गाउँपालिका सँगको समन्वयमा राप्ती गाउँपालिकामा संचालित एकीकृत सामुदायिक विकास परियोजनाको कृषि तथा खाद्य सुरक्षा कार्यक्रम अन्तर्गत परियोजना क्षेत्रका माछिताल र भुल्के समुदायमा उत्पादन उपरान्त प्रविधि ९एयकत ज्बचखभकत त्भअजलययिनथ० तालिम कार्यक्रम प्रदान गरेको हो।
नामसालिङका कृषि अधिकृत सशांक आचार्य तथा कृषि प्राविधिक धन कुमारी चौधरीले सहजीकरण गरेको उक्त कार्यक्रममा माछिताल र खर्क बगासोतीका २५ तथा भुल्के का २९ कृषकहरुको सहभागिता रहेको थियो।
तालिम पश्चात सहभागीहरूलाई बीउ बिजन सुरक्षित भण्डारण गर्नलाई उपयोगी ९एक्ष्ऋक् दबन० बिउ थैली पनि वितरण गरिएको थियो।
वि सं २०४१ मा इलामको नामसालिङ गाउँमा स्थापित नामसालिङ सामुदायिक विकास केन्द्रले दाङको राप्ती गाउँपालिकामा २०७४ साल देखि एकीकृत सामुदायिक विकास परियोजना मार्फत सामुदायिक विकासका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ।
परियोजना मार्फत कृषि, पोषण, आयआर्जन, जलवायु अनुकूलन तथा सुशासनका क्षेत्रमा एकीकृत कार्यक्रम सञ्चालन गर्दै आइरहेको केन्द्रले समुदायलाई आर्थिक तथा सामाजिक रूपमा सबल बनाउँदै अगाडि बढाउँदै आइरहेको नामसालिङका कृषि अधिकृत तथा कार्यक्रम संयोजक शशांक आचार्यले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया