अखिल (क्रान्तिकारी) विद्यार्थी संगठन द्वारा भालुवाङ्गमा सञ्चालित फुटबल खेलको उपाधी शितगंगा युवा क्लब लाहापेलाई

 

 

तुल बहादुर कवँर मगर

देउखुरी । नेकपा माओबादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मुल इकाई कमिटी भालुवाङ्ग द्वारा सञ्चालित १७ वर्ष मुनिका फुटबल प्रतियोगिता को पुरस्कार सितगंगा युवा क्लब लाहापेले हात पारेको छ।

मूल इकाई कमिटीले गत शनिबारदेखि पाँच दिन सम्म सञ्चालन गरेको फुटबल प्रतियोगितामा आयोजक टोली लाई पेनाल्टी मार्फत ४ को बिरुद्ध ५ गोल गर्दै सितगंगा युवा क्लब लाहापे बिजय भएको हो।

बिजेता क्लबलाई पुरस्कार स्वरुप नगद ८ हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ भने उप बिजेता आयोजक टोलीलाई नगद ४ हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।

प्रतियोगितामा राप्ती गाउँपालिकाका विभिन्न वडाका युवा क्लब सहित छिमेकी जिल्ला अर्घाखाँचीका गरि १३ युवा क्लबको सहभागीता रहेको थियो ।

मूल इकाई समिति अध्यक्ष मन्दिप पोख्रेलको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख अतिथ्यता र शिक्षा ,युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकको विशिष्ट आतिथ्यतामा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया